Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा माओवादी केन्द्रको विधान पारित

नेकपा माओवादी केन्द्रको विधान पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १३:४०:३९ बजे
  • 1.1K
    SHARES
  • नेकपा माओवादी केन्द्रको विधान पारित

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनले विधार पारित गरेको छ ।

    images

    कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको नेकपा (माओावादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिसकेका छन् ।

    सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको छ ।

    विधान अनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

    केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

    यसअघि केन्द्रीय समितिले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

    महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिट्व्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ ।

    पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

    ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ ।

    केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology