Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १३:४३:१० बजे
  • 838
    SHARES
  • घट्यो सुनको मूल्य

    यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साताभर सुनको मूल्यमा प्रतितोला ४०० रूपैयाँको गिरावट आएको जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम थियो ।

    जुन, यो साताको शुक्रबार प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यो साताभरमा आएको प्रतितोला ४०० रूपैयाँको गिरावट हो । यसैगरी, गत शुक्रबार तेजाबी सुनको प्रतितोला ९२ हजार ६०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबार ९२ हजार २०० रूपैयाँ छ ।

    यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार केही उकालो लागेको थियो । त्यसपछि, बुधबार, बिहीबार र शुक्रबार निरन्तर घटेसँगै साताभरमा मूल्य घटेको महासंघले बताएको छ ।

    यसैगरी, यो सातामा चाँदीको मूल्य स्थिर कायम भएको महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

    यसबीचमा आइतबार स्थिर रहेको चाँदी सोमबार १० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार बढेको चाँदी बुधबार स्थिर रहेर विहीबार केही घटेको थियो ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology