Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १३:४४:३२ बजे
  • 358
    SHARES
  • देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

    निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ ।

    images

    दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ ।

    शुक्रबारसम्मको तथ्यांक हेर्दा ७ लाख ४९ हजार नयाँ मतदाताहरू थपिएका छन् ।

    ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    यसअघि ०७८ मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो ।

    एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो ।

    मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

    मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिदैँछ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगका प्रवक्ता पौडेल बताउँछन् ।

    निर्वाचनको मिति घोषणा भए पनि नामावली संकलन कार्यक्रम निरन्तर हुने उनले बताए । हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने प्रवक्ता पौडेलले बताए ।

    अन्य जिल्लाका व्यक्ति कामको वा पढाइको शिलशिलामा अर्कै जिल्लामा पुगेको खण्डमा पनि त्यहीँबाट नाम दर्ता गराउन पाइने शर्माले बताए ।

    मतदाता नामावली संकलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालयबाट हुने उनको भनाइ छ । कुनै पनि राजनीतिक दललाई भोट दिनका लागि १८ वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # ७ लाख नयाँ मतदाता थपिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology