Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वसहमति नभए चुनाव हुन्छ:प्रचण्ड

सर्वसहमति नभए चुनाव हुन्छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १६:१९:२३ बजे
  • 1.1K
    SHARES
  • सर्वसहमति नभए चुनाव हुन्छ:प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

    images

    शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले सहमतिका लागि प्रयास गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

    प्रचण्डको भनाई उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

    प्रचण्डले शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको बताएका छन् ।

    केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology