Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै,१,७४२ जनाको मतदाता नामावली प्रकाशित

माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै,१,७४२ जनाको मतदाता नामावली प्रकाशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १७:५१:०९ बजे
  • 1.3K
    SHARES
  • माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै,१,७४२ जनाको मतदाता नामावली प्रकाशित

    नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ ।

    images

    नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

    स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको बिद्यान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।

    माओवादीको नयाँ केन्द्रिय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियावाट आउनेछन । यसअघिको १० प्रतिशतलाई बढाएर शुक्रवारवाट मनोनित हुने सदस्यको संख्या ५ प्रतिशत थप गरी १५ पु¥याईएको हो ।

    पुनः बहुपदीय प्रणालीमा फर्केको माओवादीको यस महाधिवेसनले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ ।

    जसअनुसार सुरुमा केन्द्रिय समिति चयन हुनेछ भने केन्द्रीय समितिले क्रमशः पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने योजना माओवादीले सार्वजनिक गरेको छ ।

    शुक्रवार पारित नयाँ बिद्यान अनुसार ५० प्रतिशतको पूर्ण समानुपातिकतर्फका लागि युवा, दलित, महिला, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अपांगता भएका ब्यक्ति पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाएको छ ।

    जसमार्फत आजै नेतृत्व चयन गर्नका लागि माओवादी छलफलमा व्यस्त रहेको छ ।

    निर्वाचन प्रक्रिया सुरु

    माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको हो ।

    महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका छन् ।

    केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology