Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम

बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १८:२७:५० बजे
  • 994
    SHARES
  • बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम

    विभिन्न विवादमा फसेपछि बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम बनेको छ । विवादमा फसेपछि गुमनाम हुनेमध्ये अभिनेत्री अलिशा खान पनि एक हुन् । आज उनै विवादपछि गुमनाम बन्न पुगेकी अभिनेत्री अलिशा खानबारे केही तथ्यहरु प्रस्तुत गर्दैछौं ।

    images

    अभिनेता इमरान हाश्मीसँग काम गरिसकेकी अलिशा खानको करियर राम्रो चलिरहेको समयमा उनी विवादमा फसेकी थिइन्, जसको कारण उनी गुमनाम हुन पुगिन् । अहिले उनी सामान्य जीवन विताइरहेकी छन् ।

    मोडलिङबाट सरु गरेकी थिइन् फिल्मी करियर

    अलिशा खान गाजियाबादकी बासिन्दा हुन् । मोडलिङमा करियर बनाइसकेपछि मात्र अलिशा खानले फिल्मी उद्योगमा प्रवेश गरेकी थिइन् । १२ वटा सुपरहिट म्युजिक भिडियो दिएपछि बलिउडमा एलिशाको धमाकेदार एन्ट्री भयो । तर, बलिउडमा अलिशा खानको करियर उनले सोचे जस्तो विन्दूमा भने पुग्न सकेन ।

    ‘माई हस्ब्यान्डस् वाइफ’बाट बलिउडमा डेब्यू

    अलिशा खानले सन् २०१० मा ‘माइ हस्ब्यान्डस् वाइफ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्म फ्लप भएको सात वर्षपछि अर्थात् २०१७ मा अलिशा रविना टण्डनसँग फिल्म ‘मात्रा’ देखिइन् ।

    इमरान हाश्मीसँग गरिन् ‘आइना’ फिल्म

    अलिशाले इमरान हाश्मीसँग फिल्म ‘आइना’ मा काम गरेकी थिइन । त्यतिबेला उक्त फिल्म रिलिज हुन सकेन । तर, अलिशा र इमरान हाशमीको अफेयरको खबरले बलिउड ततायो ।

    ब्वाईफ्रेण्डले लिक गरे एमएमएस

    अभिनेत्री अलिशाको फिल्मी करियर राम्रै चलिरहेको थियो । तर, एक दिन ब्वाईफ्रेण्डले अलिशाको एक निजी भिडियो भाइरल गरे, जसको कारण उनको करियर नै एकाएक चौपट भयो ।

    अलिशाले आफ्नो ब्वाईफ्रेण्डविरुद्ध कानूनी लडाई लड्ने निर्णय गरिन् । तर अलिशाका परिवारका सदस्यलाई यो कुरा मन परेन । उनीहरुले अलिशाले यस्तो नगरोस् भन्ने चाहन्थे, जसको पछाडिको कारण थियो बदनामी ।

    जब अलिशा एफआईआर दर्ता गर्न प्रहरी चौकी गइन्, तब उनका परिवारका सदस्यले उनलाई घरबाट नै निकालिदिए ।

    बस्ने टुंगो थिएन

    परिवारका सदस्यहरूले घरबाट निकालेपछि अलिशा खानसँग बस्ने ठाउँ थिएन । त्यसरी नै उनले जीविकोपार्जन गर्दै आएकी थिइन् । यसबारे अभिनेत्री अलिशा आफैले एक अन्तर्वार्तामा खुलासा गरेकी थिइन् ।

    कहाँ छन् अलिशा खान ?

    त्यसपछि अलिशा खानले टिभी पत्रकार वसीम अख्तरसँग विवाह गरेकी छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु दुवैको भेट फिल्मको प्रमोशनका क्रममा भएको थियो । पछिल्लो समय अलिशा फिल्म उद्योगबाट टाढा छन् ।

  • सम्बन्धित विषय:

  • # बलिउड उद्योग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology