Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी महाधिवेशनः सहमतिको प्रयास

माओवादी महाधिवेशनः सहमतिको प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • ०८:४६:१३ बजे
  • 1.4K
    SHARES
  • माओवादी महाधिवेशनः सहमतिको प्रयास

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिकामा फेरबदल भएको छ ।

    images

    निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेसंगै निर्वाचन कार्यतालिकामा परिवर्तन भएको हो।

    उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको छ।

    सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि नेतृत्व चयनका लागि गर्न लागिएको निर्वाचनका थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    माओवादी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

    ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

    उम्मेदवारको विरोधमा उजुरी दिने समय आज ४ बजेका लागि तय गरिएको छ ।

    उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ ।

    उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ । आयोगका अनुसार आज साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।

    माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # माओवादी महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology