Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी महाधिवेसनः प्रतिनिधिकै मेसमा खान्छन् प्रचण्ड

माओवादी महाधिवेसनः प्रतिनिधिकै मेसमा खान्छन् प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • १४:३६:०० बजे
  • 619
    SHARES
  • माओवादी  महाधिवेसनः प्रतिनिधिकै मेसमा खान्छन् प्रचण्ड

    नेकपा माओवादी केन्द्रले जारी आठौँ राष्ट्रिय महाधिवेसन काठमाडौँ चलिरहेको छ । गत ११ पुसमा सुरुभएको पार्टीको महाधिवेसन आजसम्म पनि चलिरहेको छ ।

    images

    महाधिवेसनमा स्थल प्रज्ञा भवन कमलादीमा देशभरबाट आएका प्रतिनिधिहरुलाई मेसको व्यवस्था गरिएको छ । प्रचण्डसहितका शिर्ष नेताहरु त्यही मेसमा खाना खाइरहेका छन् ।

    सामान्यतया नेताहरु कार्यकर्तासँग बसेर खान नचाहेको पनि माओवादीका शिर्ष नेताहरु अहिले प्रतिनिधिको लागि व्यवस्था गरिएको मेस बसेर प्रतिनिधिसँगै बसेर खाने गरेका छन् । तर, नेताहरुलाई मेसमा खाना खान अनिवार्य नगरिएको माओवादीको युवा नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ले बताए ।

    उनले भने, ‘अध्यक्ष ज्यू लगायतका नेताहरु खाना खाने समयमा आइपुग्दा यहाँ खानुहुन्छ, नत्र बाहीर पनि खानु हुन्छ ।’ दीपशीखाका अनुसार सामान्य रुपमा बनाएको खाना नै नेताहरुले अन्य प्रतिनिधिहरु जसरी खाइरहनु रहेका छन् ।

    महाधिवेसनमा पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाका साथ अघि बढाउने घोषणा प्रचण्डले गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा नै आफू अब जनतनाको जाने र सबै नेताहरु जनताको जानपर्ने उल्लेख गरेका छन् ।

    पार्टीले नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउन विभिन्न निर्णय पनि गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमै यी विषयलाई प्रस्ट उल्लेख गरिएको छ भने राजनीतिक प्रस्तावमाथिको छलफलमा सहभागीहरुले पनि सामाजिक जीवनलाई जनमुखी बनाउन जोड दिएका छन् ।

    जारी महाधिवेसनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गरेका छन् ।

    उक्त प्रतिवेदनको प्रतिवद्धतालाई कार्यन्वयन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले महाधिवेसनका क्रममा कार्यकर्ताहरुकै बीच रहेर खाना तथा खाजा खाएर परिवर्तनको सुरुवात आफैबाट गर्न थालेका हुन् ।

    जनयुद्धका क्रममा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँघरका परम्परागत खाना खाएर संघर्ष गरेका नेताहरु विलासी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आरोप पछिल्लो समय व्याप्त छ।

    आठौँ राष्ट्रिय महाधिवेशनमार्फत नेताहरुको आचरण, व्यवहार र जीवनशैलीलाई जनमुखी बनाउनका लागि विभिन्न निर्णय गरिएका छन् ।

    सोही अनुरुप माओवादी केन्द्रका शीर्ष नेताहरुले ती निर्णयलाई जारी महाधिवेसनमै कार्यकर्ताकै सामु आफूबाटै कार्यान्वयन गरी परिवर्तनको सन्देश प्रवाह गरेको र यो सकारात्मक रहेको नेता–कार्यकर्ताहरु बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # मेसमा खान्छन् प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology