सत्तारुढ गठबन्धनको बैठक आज विहान ९ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ । राष्ट्रियसभाको १९ सदस्यको पद रिक्त हुने अवस्थामा छ ।
उक्त रिक्त पदका लागि आउदो माघ १२ गते निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि साझा उम्मेदवारबारे आजको सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ ।
अब चाँडै नै एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ राष्ट्रियसभा सदस्यको पद रिक्त हुँदैछ ।
जसमा नेपाली काँग्रेसले ७ सीटको दावी गरिरहेको छ।
माओवादी र एकीकृत समाजवादीलाई ५५ सिट दिने तयारी भइरहेको स्रोतले बताएको छ । त्यस्तै एक सिट भने समाजवादीलाई दिनेबारे पछि छलफल हुने जनाइएको छ ।