भर्खरै महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।
बैठकमा पदाधिकारी चयनको विषयमा छलफल गरी निर्णयमा पुग्ने जनाइएको छ ।
आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
प्रचण्डको सो प्रस्तावलाई हलले पास गरेको थियो ।
त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट केन्द्रीय समिति निर्वाचित भएको घोषणा गरेको थियो ।