Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यी हुन् भाग्यमानी ९ जोडी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाए

यी हुन् भाग्यमानी ९ जोडी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १३:३८:०१ बजे
  • 2.0K
    SHARES
  • यी हुन्  भाग्यमानी ९ जोडी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाए

    निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रीय सदस्य तजबिजका आधारमा चयन गरेका छन् ।

    images

    नेकपा (माओवादी केन्द्र)मा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।

    जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्यो । प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा छोरी रेणुदाहालसहित पारिवारिक सदस्यले केन्द्रीय सदस्यमा स्थान बनाए ।

    २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहित परिवारका ४ जनालाई केन्द्रीय समितिमा अटाएका थिए ।

    उनले आफ्नो नामसमेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फ भाइ नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् ।

    त्यस्तै, बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।

    यस्तै, केही नेताहरुका पति–पत्नी नै केन्द्रीय सदस्यमा परे ।

    भाग्यमानी नौ जोडी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा अटाएका छन् ।

    सार्वजनिक सूचीअनुसार देवेन्द्र पौडेल र बलावती शर्मा, कल्पना धमला र देवेन्द्र पराजुली, देवप्रसाद गुरुङ र यशोदा सुवेदी गुरुङ केन्द्रीय समितिमा अटाएका छन् ।

    यस्तै, वर्षमान पुन र ओनसरी घर्ती, रेखा शर्मा र कृष्णध्वज खड्का, लिलामणि पोखरेल र शशी श्रेष्ठ तथा शक्ति बस्नेत र सत्या पहाडीले केन्द्रीय सदस्यमा स्थान बनाएका छन् ।

    यसैगरी हितमान शाक्य र अमृता थापा, गणेशमान पुन र कमला रोका पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

    माओवादी केन्द्रको आठौँ महाधिवेशन यही पुस ११ देखि १८ गतेसम्म काठमाडौँमा आयोजना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology