Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच सहमति १९ सिटमा साझा उम्मेदवार उठाउने

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच सहमति १९ सिटमा साझा उम्मेदवार उठाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १६:३८:३३ बजे
  • 817
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच सहमति १९ सिटमा साझा उम्मेदवार उठाउने

    पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकोे सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो ।

    बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।

    कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकीले प्रदेश १ मा खाली तीन सिट मध्ये महिला तर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नंवर दुईमा महिला तर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्टाइएको जानकारी दिए ।

    त्यस्तै बागमति प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी , गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलिय माओवादी , लुम्विनी प्रदेशमा पुृरुषतर्फ कांग्रेस, महिलामा समाजवादी र दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्टाउने सहमति भएको छ ।

    त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपाङतर्फ माओवादी र खुल्लामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुल्लामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको कार्कीले जानकारी दिए ।

    सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

    उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology