Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १६:३९:४९ बजे
  • 361
    SHARES
  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।

    images

    राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

    बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ ।

    प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

    केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।

  • सम्बन्धित विषय:

  • # कांग्रेसले टुंग्यायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology