Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १७:४२:२१ बजे
  • 2.2K
    SHARES
  • एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

    नेकपा (एमाले)ले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

    images

    आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

    आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

    यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह (महिला), बाग्मतीमा गोपाल शाक्य (खुला) र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल (खुला) तर्फको उम्मेदवार बनेका छन् ।

    यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चुडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    राष्ट्रियसभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology