Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देश र जनताको आवश्यकताले फेरि अध्यक्ष भएँ : प्रचण्ड

देश र जनताको आवश्यकताले फेरि अध्यक्ष भएँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १९:००:५९ बजे
  • 787
    SHARES
  • देश र जनताको आवश्यकताले फेरि अध्यक्ष भएँ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको आवश्यकता अनुसार आफू पुन: पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।

    images

    अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुन: नेतृत्वमा आएको बताएका हुन् ।

    उनले आज आफूले पाएको अभिभाराले पुन: ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए । माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ ।

    माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए ।

    उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए । उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए ।

    ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो ।

    म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।

    दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology