नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले महासचिवसहितका १४ पदाधिकारीको टुंगो नेता वर्षमान पुन चीनबाट आएपछि मात्रै लगाउने भएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनपछि सोमबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरिसकेको छ ।
अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिँदै माओवादीको केन्द्रीय समिति बैठक पनि आगामी पुस २५ सम्मलाई स्थगित भएको छ । अहिले केन्द्रीय समितिमा २३७ जना मात्रै छन् ।
विधानमा माओवादीको केन्द्रीय समिति २९९ सय सदस्यीय हुनुपर्ने उल्लेख छ । अन्य ६२ जना छान्ने अधिकार प्रचण्डले पाएका छन् ।
अब महासचिवसहितका पदाधिकारी हाल उपचारका लागि चीनमा रहेका नेता पुन आएपछि मात्रै छान्ने माओवादीको तयारी छ ।
नेता पुन चीनमा उपचाररत अस्पतालबाट मंगलबार डिस्चार्ज हुँदैछन् ।
त्यसकारण माओवादीले पुस २५ सम्मलाई बैठक स्थगित गतेर पुनलाई पनि पर्खिन लागेको हो ।