Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज राष्ट्रिय सभा निर्वाचन,उम्मेदवारी दर्ता

आज राष्ट्रिय सभा निर्वाचन,उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • ०८:२०:२३ बजे
  • 2.1K
    SHARES
  • आज राष्ट्रिय सभा निर्वाचन,उम्मेदवारी दर्ता

    आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

    images

    ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।

    प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ ।

    भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ भने २२(२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ ।

    निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् ।

    आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

    निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

    सत्तागठबन्धनमा रहेका दलहरूको सोमबारको बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेको छ ।

    राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # उम्मेदवारी दर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology