Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष

सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • ११:४०:१० बजे
  • 703
    SHARES
  • सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष

    विवकेशील साझा पार्टीबाट निष्कासित तत्कालील संयोजक मिलन पाण्डे पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।

    images

    विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रविन्द्र मिश्रलाई दिएको निर्वाचन आयोगलाई यस विषयमा पुनरावलोकन गर्न भन्दै पाण्डेले निवेदन दिएका थिए ।

    तर, आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जबाफ दिएपछि पाण्डे पक्ष सर्वोच्च अदालत जाने भएको हो ।

    पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै आफूहरु यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिएका हुन् ।

    “पार्टीको विधानविपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो,” विज्ञप्तिमा भनिएको छ,“त्यो बैठकको वैधानिकता उपर उजुरी दिँदासमेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियो ?

    अदालतमा आयोगले जबाफ दिनुपर्ने छ ।”

  • सम्बन्धित विषय:

  • # मिलन पाण्डे पक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology