Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यु

तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १३:३७:०७ बजे
  • 838
    SHARES
  • तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यु

    चीनको युझोउ सहरमा कर्फ्यु घोषणा गरिएको छ ।

    images

    ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यु लगाइएको हो ।

    १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ ।

    यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो ।

    त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।

    चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ ।

    तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।

    युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घन्टी बजेको विज्ञहरुले बताएका छन् ।

    अगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदै छ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # युझोउ सहरमा कर्फ्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology