कुवेतको गृह मन्त्रालयले सन् २०२१ जनवरी १ देखि ३१ डिसेम्बर २०२१ सम्मको अवधिमा १८ हजार २ सय २१ विदेशीलाई देश निकाला गरेको छ ।
विभिन्न देशबाट कुवेत आएका ११ हजार १७७ पुरुष र ७ हजार ४४ महिला विदेशीलाई देश निकाला गरेको हो ।
कुवेतमा व्यवसाय तथा रोजगारको लागि आएर विभिन्न गैरकानूनी कार्य गर्ने विदेशीलाई कुवेतको गृह मन्त्रालयले निर्वासन केन्द्रबाट देश निकाला गरेको अरब टाईम्स कुवेतमा समाचार छ ।
कुवेतमा लागूऔषध, मदिरा बेचबिखन, ओसारपसार र दुरुपयोग जस्ता कार्य अवैधानिक मानिन्छ ।
कुवेतको अदालतले केही समय पहिले एक जना एसियन नागरिकलाई लागूऔषध ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसैगरी अवैधानिक रुपमा कार्यालय संचालन गरी भागेका घरेलु कामदारलाई शरण दिई काममा लगाउने गिरोह र कम्पनी छोडेर भागी अवैधानिक रुपमा लुकीछिपी काम गर्दै आएका कामदारलाई पनि पक्राउ गरि देश निकाला गरेको छ ।
कुवेतमा अवैधानिक रुपमा बसी विभिन्न गैर कानूनी कार्य गर्ने नेपाली कामदार पनि सन २०२१ मा देश निकाल भएका छन ।
कुवेतबाट देश निकाला भएका १८ हजार २ सय २१ विदेशी कामदार मध्य कुन देशको कति भन्ने यकिन तथ्याङ्क भने अरब टाईम्सले जनाएको छैन ।