Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय सभा निर्वाचन: कुन दलबाट को-को बने उम्मेदवार ? (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचन: कुन दलबाट को-को बने उम्मेदवार ? (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १७:३३:०९ बजे
  • 2.2K
    SHARES
  • राष्ट्रिय सभा निर्वाचन: कुन दलबाट को-को बने उम्मेदवार ? (सूचीसहित)

    राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुँदैछ ।

    images

    राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।

    चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ । नेकपा एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुने उल्लेख छ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने व्यवस्था छ ।

    कुन दलको उम्मेदवार को ?

    कांग्रेसका उम्मेदवार
    प्रदेश १
    गोपाल बस्नेत

    बागमती प्रदेश
    कृष्ण प्रसाद पौडेल

    गण्डकी प्रदेश
    कमला पन्त

    लुम्बिनी प्रदेश
    युवराज शर्मा

    कर्णाली प्रदेश
    दुर्गाकुमारी गुरुङ

    सुदूरपश्चिम प्रदेश
    नारायणदत्त मिश्र

    एमालेका उम्मेदवारहरु

    प्रदेश १
    खुलाः देवराज घिमिरे (झापा)

    महिलाः सुमित्रा भण्डारी (झापा)
    अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

    प्रदेश २
    खुलाः असर्फी भिनवार यादव (धनुषा)
    महिलाः बिना साह (रौतहट)

    बागमती
    खुलाः गोपाल शाक्य (ललितपुर)
    महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

    गण्डकी
    खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
    महिलाः लीला पोखरेल थनेट (नवलपुर)
    दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

    लुम्बिनी
    खुलाः रामदयाल गुप्ता (दाङ)
    महिलाः भारती खनाल (बाँके)
    दलितः कृष्णबहादुर सुनार (गुल्मी)

    कर्णाली
    खुलाः चूडामणि शर्मा (सुर्खेत)
    महिलाः गंगा थापा महत (जुम्ला)
    अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

    सूदुरपश्चिम
    खुलाः डिल्लीराज भट्ट (डोटी)
    महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
    दलितः नरेश बिक (बैतडी)

    माओवादीका उम्मेदवार

    प्रदेश २
    उर्मिला अर्याल

    गण्डकी प्रदेश
    सुरेश आलेमगर
    भरत सुनार

    कर्णाली प्रदेश
    नरबहादुर विष्ट

    सुदूरपश्चिम प्रदेश
    जगत पार्की

    नेकपा एकीकृत समाजवादीका म्मेदवार

    प्रदेश १
    जयन्ती राई

    बागमती प्रदेश
    गोमा तिमल्सिना

    लुम्बिनी प्रदेश
    राज्यलक्ष्मी गैरे

    कर्णाली प्रदेश
    उदय बोहोरा

    सुदूरपश्चिम प्रदेश
    मदन कुमारी शाह (गरिमा)

    जनता समाजवादी पार्टीका उम्मेदवार
    प्रदेश १
    हेमराज राई

    प्रदेश २
    मो. खालिद सिद्दीकी

    राष्ट्रिय जनमोर्चाका उम्मेदवार

    लुम्बिनी प्रदेश
    तुल बहादुर बिक

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology