Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७८ मंगलवार • १९:२८:४९ बजे
  • 1.2K
    SHARES
  • मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

    विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ ।

    images

    यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् ।

    जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ ।

    जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ ।

    यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।

    यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो ।

    यो टावरको उचाइ २,०७३ फिट छ । मलेसियाको टावर निर्माण पुरा भएपछि यो शंघाई टावर तेस्रो स्थानमा खस्किने छ ।

    आउनुहोस् थाहा पाउ बुर्ज खलिफापछि अग्लो बन्न लागेको भवनको रहस्यको बारेमा ।

    यो भवनको नाम मर्डेका–११८ हो । यो मलेसियाको क्वालाम्पुरमा रहेको छ ।

    मर्डेका एक इन्डोनेसियाली र मलाया भाषाको शब्द हो । यसको नेपाली भाषामा ‘स्वतन्त्रता’ भन्ने अर्थ लाग्छ । यो भवन ११८ तलाको हुने छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology