एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितको कूल संख्या झण्डै ३० लाख पुगेको छ ।
यो संख्या अहिलेसम्मकै अधिक हो ।
ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ९६ हजार १९९ थपिएसंगै विश्वभर कोरोना संक्रमितको संख्या २९ करोड ५४ लाख ८ हजार नाघेको छ ।
पछिल्लो केही सातादेखि यता यूरोपेली मुलुकहरुमा कोरोना संक्रमणको गति ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये सबैभन्दा बढी अमेरिकामा ५ लाख ५५ हजार २३६ पुगेको छ ।
त्यसैगरी फ्रान्समा २ लाख ७१ हजार ६८६, बेलायतमा २ लाख १८ हजार ७२४, इटलीमा एक लाख ७० हजार ८४४, स्पेनमा एक लाख १७ हजार ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा ६ लाख ८१ हजार ३७६ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार २३२ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।