Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चलचित्र कुल्ली नम्बर १ डिजिटल प्लेटफर्ममा रिलिज हुने

चलचित्र कुल्ली नम्बर १ डिजिटल प्लेटफर्ममा रिलिज हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • १४:२२:२९ बजे
  • 2.4K
    SHARES
  • चलचित्र कुल्ली नम्बर १ डिजिटल प्लेटफर्ममा रिलिज हुने

    भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालेका छन् ।

    images

    एक दर्जन भन्दा बढी चलचित्र डिजिटल माध्यमबाट रिलिज भैसकेका छन् । अब, नायक बरुण धवन र नायिका साराअली खान अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि डिजिटल रिलिज हुने भएको छ ।

    चलचित्रलाई तिहारमा डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो बर्ष मे महिनामा रिलिज गर्ने तयारी गरिएपनि कोरोना संक्रमणका कारण चलचित्रको रिलिज आउँदो बर्षको फ्रेबुअरीमा सारिएको थियो । तर, आउँदो बर्षको फ्रेबुअरीमा पनि चलचित्र रिलिज हुने संभावना कम छ । यही कुरालाई मध्यनजर राख्दै निर्देशक डेभिड धवन र उनको टिमले डिजिटल रिलिजको तयारी गरेको हो ।

    ‘भुज दि प्राइड अफ इन्डिया र लक्ष्मी बम्ब’पछि सर्वाधिक महंगो रकममा यो चलचित्र विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।नायक बरुण धवनले अभिनय गरेका केही चलचित्रले डिजिटल प्लेटफर्ममा राम्रो दर्शक पाएका थिए ।

  • सम्बन्धित विषय:

  • # चलचित्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology