Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक मुस्लिम युवकलाई पोलमा बाँधेर गाउँलेले ७ घण्टा कुटेपछि…

एक मुस्लिम युवकलाई पोलमा बाँधेर गाउँलेले ७ घण्टा कुटेपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७८ बुधवार • ०८:३९:३५ बजे
  • 1.2K
    SHARES
  • एक मुस्लिम युवकलाई पोलमा बाँधेर गाउँलेले ७ घण्टा कुटेपछि…

    एजेन्सी । भारतको झारखण्डमा मोटरसाइकल चोरेको आरोपमा भीडले कुटपिट गर्दा एक मुस्लिम युवकको मृत्यु भएको छ ।

    images

    मंगलबार साँझ २४ वर्षीय तबरेज अन्सारीलाई मोटरसाइकल चोरेको आरोपमा पक्राउ गरेर गाउँलेहरूले पोलमा बाँधेर सात घण्टाभन्दा बढी कुटपिट गरेकाे हाे । अन्सारीको शनिबार मृत्यु भएको छ ।

    सात घण्टाभन्दा बढी कुटपिट गरेपछि बुधबार बिहान बेहोस भएका अन्सारीलाई प्रहरीको जिम्मा लगाइएको थियो । भीडले उनलाई ‘जय श्री राम’ र ‘जय हनुमान’ भन्दै कुटेका थिए । अहिले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    अन्सारीको उपचारको लागि अनुरोध गरेपनि प्रहरीले बेवास्ता गरेको उनको आफन्तको भनाइ छ । झारखण्डको सरायकेला–खरसावन र पूर्वी सिंहभूम जिल्लाको सिमानामा उनलाई कुटपिट गर्ने प्रहरी र भीडलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

    स्थानीय अस्पतालमा प्रारम्भिक जाँचपछि प्रहरीले उनलाई जिल्लाको सरायकेला कारागार पठाएको थियो ।

    उनको अवस्था बिग्रिएपछि जिल्ला सदरमुकाम ल्याइएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

    परिवारका सदस्यहरूले उनको मृत्यु भएको विश्वास गर्न अस्वीकार गरेपछि जमशेदपुरको निजी अस्पतालमा रिफर गरिएको थियो । अन्सारीलाई टाटा मेन अस्पताल लगिएको थियो, त्यहाँ पनि उनको मृत्यु भएको पुष्टि भएको थियो ।

    तबरेज अन्सारीका एक नातेदारले मंगलबार केही साथीहरूसँग जमशेदपुरबाट सराइकेला–खरसावनको कार्सोभा फर्कदै गरेको बताएका छन् ।

    उनको घरबाट करिब ५ किलोमिटर टाढा रहेको भीडले उनीहरुमाथि आक्रमण गरेको थियो ।

    ‘त्यहाँ मोटरसाइकल चोरीको घटना धेरै हुँदो रहेछ, त्यसैले गाउँलेहरूले समातेर कुटपिट गरे ।

    उनीसँग दुईजना साथी थिए जो भागेका थिए ।’ उनका आफन्तले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology