नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रकाे गुट भत्काउन अखिल(क्रान्तिकारी) का नेताहरूलाई निर्देशन दिएका छन् ।
उनले गूट भत्काएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहितको टोलीलाई निर्देशन दिँदै प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन् ।
उनले भने, ‘पार्टी पुन: निर्माणमा म सम्पूर्ण सामर्थ्य सहित जुटिसकेकाले मेराे सम्पूर्ण नेता कार्यकर्ताहरुबाट पनि यहि अपेक्षा छ ।’
उनले आठौं महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरि विचार र कार्यक्रम तयार पारेको भन्दै क्रान्तिका लागि अलग-अलग पार्टीको आवश्यकता अब जरुरी नभएको बताए ।
उनले भने, ‘महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशासहितको विचार अबलम्बन गरेको र विचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आवश्यकता हाे ।’