Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको खर्च कति ......

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको खर्च कति ......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७८ बुधवार • १०:४७:२२ बजे
  • 805
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको खर्च कति ......

    १२ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ ।

    images

    निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

    आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन र घोडाका लागि ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    त्यस्तै, ढुवानी १० हजार, गोष्ठी र अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजार रुपैयाँको खर्च सीमा तोकिएको हो ।

    निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology