बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् ।
उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।
सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् ।
यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् ।
सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् । सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।
उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् ।
सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् ।
उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।