Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले तैनाथ गर्न थाल्यो भारतविरुद्ध नेपालको लिपुलेक नजिक मिसाइल :दिल्लीलाई झट्का

चीनले तैनाथ गर्न थाल्यो भारतविरुद्ध नेपालको लिपुलेक नजिक मिसाइल :दिल्लीलाई झट्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • २०:१४:४० बजे
  • 2.6K
    SHARES
  • चीनले तैनाथ गर्न थाल्यो भारतविरुद्ध नेपालको लिपुलेक नजिक मिसाइल :दिल्लीलाई झट्का

    एजेन्सी । नेपाल-भारतबीच सीमा विवाद चलिरहेको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नजिकै चिनियाँ सैन्य उपस्थिति बलियो भएको छ । झण्डै ३ हजार सैनिक जम्मा गरिसकेको चीनले नेपालको लिपुलेक नजिकै आफ्नो क्षेत्रमा मिसाइल तैनाथ गर्न थालेको छ । 

    images
    भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपाल-भारत सम्बन्ध राम्रो छैन । यहीँबीचमा चीनले लिपुलेक नजिक ठूलोमात्रामा सैन्य उपस्थिति बढाएको छ ।

    मिसाइल तैनाथ गर्नका लागि मानसरोवर ताल नजिकै चीनले साइट निर्माणको कामलाई तिब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल र भारतबीच विवाद चलिरहेका समयमा चीनले सैन्य बल तैनाथ गर्नुलाई भारतीय मिडियाले नयाँ दिल्लीविरुद्धको कदमको रुपमा लिएका छन् ।

     

    ओपन सोर्स इन्टेलिजेन्सले आफ्नो ट्विटरमा स्याटेलाइट तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा भारत, चीन र नेपालको त्रिदेशीय विन्दु नजिकै मिसाइल राख्नका लागि साइट निर्माण गरिएको दावी गरिएको छ ।

    चीनले जुनमा एक हजार सैनिक राखेको क्षेत्र नजिकै मिसाइल साइट निर्माणलाई तिब्रता दिएको छ । लिपुलेकको आसपासको चिनियाँ क्षेत्रमा अहिले चिनियाँ जनमुक्ति सेनाका झण्डै ३ हजार सैनिक तैनाथ भइसकेका छन् ।

    जमिनबाट हावामा प्रहार गर्ने खालको मिसाइलका लागि साइट निर्माण धमाधम चलिरहेको छ । यो क्षेत्र भारतीय सीमा क्षेत्रबाट धेरै टाढा नभएको र मिसाइलको क्षमताका विषयमा पनि कुनै जानकारी नभएको भारतीय मिडियाको दावी छ ।

    चीनले नेपाललाई साथ दिन खोजेको भारतीय अधिकारीहरुले टिप्पणी गरेका छन् । नेपाली जमिन अतिक्रमण गरेर भारतले ८० किलोमिटर लामो मानसरोवर जाने सडक बनाएपछि नेपालले भारतीय कदमको विरुद्ध नयाँ नक्सा जारी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # आणविक हतियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology