Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • ०८:३०:१७ बजे
  • 709
    SHARES
  • बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

    एजेन्सी । विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ ।

    images

    हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।

    सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।

    खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ ।

    हावामा धुलोको कण पीएम२।५ को मात्र घटाउन सक्दो प्रयास गरेको बेइजिङको वातावरण व्यूरोले जनाएको छ । यो कणले फोक्सोको क्यान्सर, ह्दयघात र समय नपुगी गर्भपतन गराउँछ ।

    सन् २०२१ को तथ्यांकअनुसार पीएम२।५ को मात्रा ३३ माइक्रोग्राम प्रति क्युविक मिटर रहेको थियो । यो सन् २०१३ को तुलनामा एक तिहाइले गिरावट आएको हो । 

    यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदन्डभन्दा अझै पनि पाँच गुणा बढी हो । ‘सन् २०१३ पछि बेइजिङको औषत पीएम २.५ रिडिङ ६३ दशमलव १ प्रतिशतले गिरावट आएको छ,’ व्यूरोले भनेको छ ।

    वायुको गुणस्तरमा सुधार आए पनि धुँवाको जोखिम उत्तिकै बढेको चीनको वातावरण मन्त्रालयलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेइजिङको वायु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology