Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नारायणहिटी सङ्ग्रहालयकाे बगैँचा मासियो

नारायणहिटी सङ्ग्रहालयकाे बगैँचा मासियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • ०८:३२:५४ बजे
  • 1.8K
    SHARES
  • नारायणहिटी सङ्ग्रहालयकाे बगैँचा मासियो

    नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष (बैङ्केट हल) छ ।

    images

    यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो ।

    सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

    सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्नुहुन्छ, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाई बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”

    नेपालको मौलिक कलाशैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उहाँ सम्झनुहुन्छ ।

    यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गर्नुभयो ।

    दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

    याे खबर गाेरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology