Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्यो

मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • ०८:४०:४६ बजे
  • 682
    SHARES
  • मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्यो

    एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।

    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर, गोलभेडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो । यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य केही घटेको बताइएको छ ।

    महीना दिनअघि प्रतिकिलो १ सय १० रुपैयाँ औसत थोक मूल्य रहेको टाटेसिमीको मूल्य पछिल्लो १ महीनामा ६६ प्रतिशतले घट्दै प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ ।

    टनेलको गोलभेडाको मूल्य पनि ५८ प्रतिशतले घट्दै प्रतिकिलो ६५ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । गाजरको मूल्य पनि करीब ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय १० रुपैयाँबाट ५५ रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी चमसुरको सागको मूल्य पनि ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय ३० रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ । स्थानीय काउलीको मूल्य किलोमा १० रुपैयाँले घट्दै ४० रुपैयाँबाट ३० रुपैयाँ, गान्टे मुलाको मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ, सेतो मुलाको मूल्य ३५ रुपैयाँबाट घटेर प्रतिकिलो २२ रुपैयाँ कायम भएको छ ।

    मूल्य घट्नेमा रातो बन्दा, रायोको साग, ब्रोकाउली आदि रहेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले मौसमी तरकारीको उत्पादन बढेकाले तिनको मूल्य घटेको बताए ।

    उनका अनुसार कालीमाटीमा बढीजसो तरकारी आयात हुने धादिङ, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुरलगायतका जिल्लाबाट अहिले यी तरकारीको आयात बढी हुने गरेको छ । कालीमाटीमा अहिले दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ ।

    समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # तरकारीको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology