Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सिआइबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरण अनुसन्धान प्रतिवेदन

सिआइबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरण अनुसन्धान प्रतिवेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १६:०५:१२ बजे
  • 469
    SHARES
  • सिआइबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरण अनुसन्धान प्रतिवेदन

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा बिक्री प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रतिवेदन बुझाएको छ ।

    images

    ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्ष (एसपी) श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताए । तीन वर्षको अनुसन्धानपछि सिआइबीले यो प्रतिवेदन बुझाएको हो ।

    अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ । ललिता निवास प्रकरणमा संलग्न साढे ३ सय बढीलाई प्रतिवादी बनाएको छ ।

    सिआइबीले २०४९, २०६२, २०६६/६७ र २०६९ मा गरी चरपटक ललिता निवासको जग्गा व्यक्तिको नममा दर्ता गरेको सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धानमा १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सिआइबीको छ ।

    अख्तियारले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित १६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    यो मुद्दा विशेष अदालतमा विचराधीन छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिको सिफारिसको आधारमा सरकारले अख्तियार र सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

    सिआइबीले पूर्वसचिवहरु दीप बस्नेत, छबिराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका रामकुमार सुवेदी शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अनुसन्धान प्रतिवेदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology