Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

८४ वर्षका वृद्धले कोरोनाको ११ डोज भ्याक्सिन लिएपछि....

८४ वर्षका वृद्धले कोरोनाको ११ डोज भ्याक्सिन लिएपछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १६:०९:३७ बजे
  • 967
    SHARES
  • ८४ वर्षका वृद्धले कोरोनाको ११ डोज भ्याक्सिन लिएपछि....

    विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् ।

    images

    विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् ।

    एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२औं डोज लगाउन जाँदा उनी पक्राउ परेका थिए ।

    विभिन्न परिचय पत्र र छिमेकीहरुको मोवाईल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए ।

    खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए ।

    उनले आधार कार्ड र मोवाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोवाइल नम्बर लेखाएका थिए । हुलाक कार्यलयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानविन सुरु गरेका छन् ।

    भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो ।

    यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology