प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।
भारतमा हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण पनि स्थगित भएको हो ।
प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको हो ।
भारतीय दूतावासले भने प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको जनाएको छ ।
देउवाको भारत भ्रमण लगभग स्थगितजस्तै भएको दुतावास स्रोतको भनाई छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भर्चुअल संवाद हुने तयारी भइरहेको छ ।