Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १९:१८:३४ बजे
  • 889
    SHARES
  • प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार

    प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् ।

    images

    लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् ।

    यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेकाे गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

    ‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको छ,’ न्युज कारखानासँग उनले भनिन् ।

    आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

    गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उनले बताइन् ।

    ‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवा ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभयो’, पौडेलले भनिन्, ‘ओली बालुवाटार आउनु भएन भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताउनु भएको बैठकमा जानकारी दिइयो ।’

    उनका अनुसार बुधबार भएको पौडेलसँग भेटमा देउवाले गतिरोध अन्त्यका लागि आफू ओलीलाई बालकोटमै गएर भए पनि भेट्न तयार रहेको बताएका हुन् । एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ ।

    नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology