एजेन्सी । लर्ड नाजिर अहमदलाई युकेको शेफिल्ड क्राउन अदालतले सन् १९७० को दशकमा दुई बालबालिका विरुद्धको यौन अपराधमा दोषी ठहर गरेको छ।
अदालतले सन् १९७० को जुनमा एक बालिकालाई बलात्कार गर्न खोजेकोमा लर्ड नाजिर दोषी भएको ठहर गरेको छ ।
मार्च २०१९ मा लर्ड अहमदलाई दुई जना केटाकेटी विरुद्ध यौन अपराध, बलात्कारको दुई वटा अभियोग र १९७० दशकको सुरुतिर एक अभद्र आक्रमणको अभियोग लगाइएको थियो।
अहमदविरुद्ध लगाइएका अभियोगहरू दुई जना शिकायतकर्ता (एक जना बालक र एक जना बालिका) र १९७१ देखि १९७४ को बीचमा किशोरावस्थामा भएका कथित घटनाहरूसँग सम्बन्धित छन् ।
यो आरोप १४ वर्षमुनिका बालकसंग सम्बन्धित छ। पाकिस्तानको कश्मीरमा जन्मिएका अहमदको राजनैतिक मूल रोथरहममा छ।
सन् १९६९ मा रोथरहममा स्टिल कारखानामा कार्यरत आफ्ना पितालाई सघाउन अहमद परिवारसँगै बेलायत गएका थिए ।
सन १९७५मा १८ बर्षको उमेरमा लेबर पार्टीमा संगठित भएका अहमद १९९० मा रोथरहममा काउन्सलर बनेका थिए । सन् १९९८ मा उनी तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरद्वारा हाउस अफ लर्ड्समा नियुक्त हुने पहिलो मुस्लिम मध्येका एक बने ।
उनले सन् २०१३ मा लेबर पार्टीबाट राजीनामा दिएका थिए। सन् २०२० को नोभेम्बरमा उनी यौन दुराचारका अनेक आरोपमा राजीनामा दिन बाध्य भएका थिए ।
अहमदलाई खालिस्टानी आतङ्ककारी समूहका समर्थक पनि मानिन्छ । अहमदले नोभेम्बर १४ मा पदबाट राजीनामा दिए तर हाउस अफ लर्ड्सको आचरण समितिले उनलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको एएनआइले जनाएको छ ।