Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा कार्यदलको प्रतिवेदन तयार: भोलिसम्म कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी

नेकपा कार्यदलको प्रतिवेदन तयार: भोलिसम्म कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • २०:२६:२० बजे
  • 2.0K
    SHARES
  • नेकपा कार्यदलको प्रतिवेदन तयार: भोलिसम्म कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठन गरेको कार्यदलले झिनामसिना कुरा समेटेर प्रतिवेदन तयार गरेको छ । भोलिसम्म कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको छ ।
     
    ओली-प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदलले छिट्टै प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको थियो ।

    छलफलमै रहेका कार्यदलका एक सदस्यले झिनामसिना कुरा समेटेर प्रतिवेदन तयार भएको जानकारी दिए । उनले भने, 'हामीले प्रतिवेदन त लगभग तयार गरिसक्यौँ । तर, झिनामसिना कुरा समेटिएको छ । पार्टीले सरकार सञ्चालन गर्नूपर्ने र एक व्यक्ति एक जिम्मेवारीका विषयमा खासै सहमति जुटेन ।'

    प्रतिवेदन सकभर भोलिसम्ममा अध्यक्षद्वयलाई बुझाउने तयारी भएको ती सदस्यले जानकारी दिए । उनले भने, 'भीम रावल कमरेड काठमाडौं बाहिर जानु भएकाले फाइनल हुन पाएको छैन । उहाँ आएपछि एक पटक सबैजनाले छलफल गरेर प्रतिवेदनलाई अन्तिमरुप दिन्छौँ । भोलिसम्ममा प्रतिवेदन बुझाउने हाम्रो तयारी छ ।'

     राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भैँसेपाटीस्थित घरमा बसेको बैठक असम्बन्धित व्यक्तिको घरमा भनेर विरोध भएपछि पार्टी कार्यालयमा बैठक बस्न थालेको थियो । बिहीबार बालुवाटारमा बसेको थियो ।


    नेकपा कार्यदलले  प्रतिवेदन तयार गरेको ती सदस्यले जानकारी दिए । उनले भने, 'हामीले अध्यक्षको प्रष्ट कार्यविभाजन, पार्टीको महाधिवेशन, मन्त्रिमण्डलका सदस्य परिवर्तन, केही मुख्यमन्त्रीको हेरफेर, राजनीतिक नियुक्तिलगायतका विषयमा सुझाव दिने तयारी गरेका छौँ ।' 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology