Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एरेन्ज म्यारिजबाट बचाऊ भन्दै प्रेमिकाको खोजी.......

एरेन्ज म्यारिजबाट बचाऊ भन्दै प्रेमिकाको खोजी.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • ११:४०:०८ बजे
  • 796
    SHARES
  • एरेन्ज म्यारिजबाट बचाऊ भन्दै प्रेमिकाको खोजी.......

    एजेन्सी । विवाहका लागि अधिकांश मानिसले डेटिङ एप्स वा म्याचमेकिङ वेबसाईटको सहयोग लिन्छन् ।

    images

    अथवा कोहीले साथीको सहयोगमा प्रेमिका छनौट गर्छन् । तर, बेलायतका मुहमद मलिकले भने अनौठो उपाय रोजेका छन् ।

    २९ वर्षीय मलिकले भने भावी दुलही खोज्न बेलायतको प्रख्यात सहर ब्रिमिङघाममा बिलबोर्डमा प्रचार नै गरेका छन् । उनले बिलबोर्डमा आफ्नै तस्बीर राखेका छन् ।

    ‘मलाई एरेन्ज म्यारिज हुनबाट बचाउ,’ विलबोर्डमा उनले लेखेका छन् । बोर्डमा उनले आफ्नो वेबसाईटको नाम पनि लेखेका छन्, ताकी हुनेवाला दुलहीले उनीसँग सम्पर्क गर्न सकून ।

    उनको छुट्टै वेबसाईट पनि छ । भिडियोको नाम नै ‘फाइन्ड मलिक अ वाईफ’ अर्थात मलिकलाई पत्नि खोज भन्ने छ । आफू एक उद्यमी, खानेकुराप्रेमी, धार्मिक प्रवृत्तिको बताएका छन् ।

    ‘मैले विवाहका लागि अहिलेसम्म उपर्युक्त कन्या पाइन् । केटी खोज्न गाह्रो भयो । त्यही भएर विलबोर्डमा आफ्नै विज्ञापन गरेको हुँ,’ आफ्नो अस्वभाविक तरिकाबारे उनले वेबसाइटमा उनले लेखेका छन् ।

    आफू व्यक्तित्व र विश्वासमा चासो राख्ने भन्दै विलबोर्डको धारण ठट्टा नभएको उनले बताएका छन् । आफू एरेन्ज म्यारिजको विपक्षमा भने नरहेको उनको भनाइ छ ।

    ‘विभिन्न मुस्लिम संस्कारमा एरेन्ज म्यारिजको आफ्नै स्थान र परम्परा छ,’ उनले वेबसाइटमा उनले भनेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology