Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

१६ जिल्लामा आज एमाले अधिवेशन नहुने

१६ जिल्लामा आज एमाले अधिवेशन नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • ११:४५:२२ बजे
  • 553
    SHARES
  • १६ जिल्लामा आज एमाले अधिवेशन नहुने

    नेकपा (एमाले)को १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ ।

    images

    बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    प्रदेश नम्बर २ का सात जिल्लामा आन्तरिक विवादका कारण आज अधिवेशन नहुने भएको छ । सप्तरीबाहेक सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्सा जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ ।

    प्रदेश नम्बर १ मा सङ्खुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको त । त्यहाँ अध्यक्ष ओली आफैँ जाने तयारी भएकाले अधिवेशन रोकिएको हो ।

    रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ ।

    बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारण अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुमपूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने प्रचार विभाग उपप्रमुख रिजालले बताए ।

  • सम्बन्धित विषय:

  • # एमाले अधिवेशन नहुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology