Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १७:२०:३१ बजे
  • 1.6K
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् ।

    images

    शुक्रबार नेकपा (एमाले)को जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी कार्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने भन्दै आफूहरुको लागि अनौठो नहुने बताका हुन् ।

    उनले जनादेश विपरित गठन भएको गठबन्धनका कारण राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने पनि बताए ।

    उनले एमाले एक्लै अरुभन्दा मजबुत र माथि रहेको दाबी पनि गरे । केही दलले गठबन्धनलाई चूनावसम्म टिकाउनुपर्छ भन्ने गरेको भन्दै अध्यक्ष ओलीले कमजोरलाई गठबन्धन चहिएको जिकिर गरे ।

    अध्यक्ष ओलीले एमाले सरकारले गरेको बिकासको कामप्रति अतालिदै असवैधानिक ढंगले सरकार ढालिएको भन्दै परामदेशबाट बनेको सरकारले नेपाललाई विकासको बाटोमा अघि लाग्न नसक्ने बताए ।

    वर्तमान सरकारले पूर्वाधार निर्माणमा, आर्थिक क्षेत्र, शिक्षा क्षेत्र ध्वस्त पारेको आरोप उनले आरोप लगाए । आफूहरु जनताको पार्टी भएकाले नै एमाले फेरि जनादेश पाउने दिशातर्फ अग्रसर भइरहेको उनको भनाइ छ ।

    ओलीले जनतालाई सचेत गराउन अब जिल्ला अधिवेशनले त्यसमा नेतृत्व गर्न क्षमता निर्माण गर्नुपर्ने बताए ।

    ६१ जिल्लामा एकैपटक उद्घाटन गरिएको एमाले जिल्ला अधिवेशन हिमाली जिल्लालगायत केही जिल्लामा अर्को दिन हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एमाले अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology