Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीसँग भजनमण्डली मात्रै छन् : माधव नेपाल

ओलीसँग भजनमण्डली मात्रै छन् : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १७:२२:१४ बजे
  • 790
    SHARES
  • ओलीसँग  भजनमण्डली मात्रै छन् : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार र पराजय स्वीकार गरिसकेको बताएका छन् ।

    images

    शुक्रबार काठमाडौँ महानगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताए ।

    “केपीले हार स्वीकार गरेका छन्, पराजय स्वीकार गरेका छन्,” उनले भने, “कसरी स्वीकार गरे छन्, उनको दम्भी स्वभावले त दिँदैन ।” आजै एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको चुनावी परिणाम आफूहरुका लागि प्रतिकूल हुन सक्ने भन्दै त्यो पुरानो जनमतको दुरुपयोग भएको बताएका थिए ।

    एमालेले एकैपटक देशभरका अधिवेशन उद्घाटन गर्ने परिपाटीले नेतृत्व स्थापित नहुने पनि नेपालले टिप्पणी गरे । यसबाट नेतृत्व विकास नहुने उनको भनाइ छ ।

    “देशैभरि एकैपटक जिल्ला अधिवेशन उद्घाटन गर्ने रे,” उनले भने,“यसरी नयाँ नेतृत्व स्थापित हुँदैन । त्यसरी नगरेको भए नेताहरु जिल्ला–जिल्ला जाने थिए । कार्यकर्ता परिचालित हुने थिए ।” नेपाले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

    “निरंकुश सत्तालाई हिजो पनि चुनौती दिएका थियौँ । अहिले पनि पार्टी कब्जा गर्नेको पार्टी सत्ता र सरकार कब्जा गरेको सरकारी सत्तालाई हटाएका छौँ,” नेपालले भने, “कम्युनिस्ट नामधारी नेकपा (एमाले) नेताको रुपमा आफूले मनपरी गर्नका लागि पूरै छुट पाउनुपर्छ भन्ने अत्यन्तै दम्भी पाराका मानिसबाट विद्रोह गरेर नयाँ धार निर्माण गरेका छौँ ।” नेपालले ओलीसँग देवत्वकरण गर्नेहरु मात्रै रहेको आरोप लगाए ।

    “देवत्वकरण गर्ने मात्रै छन्,” उनले भने, “भजनमण्डली छन् । त्यहाँ सिद्धान्त निष्ठ, आलोचनात्मक चेत भएका मानिस छैनन् । त्यहाँ पुजक प्रवृत्ति बोकेका, हनुमान प्रवृत्ति बोकेका मात्रै छन् ।”

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology