Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिस्नो

सिस्नो खानुको फाइदै–फाइदा

सिस्नो खानुको फाइदै–फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • ०३:३९:२५ बजे
  • 5.1K
    SHARES
  • सिस्नो खानुको फाइदै–फाइदा
    सिस्नोलाई लिएर अनेक तर्क र बितर्क पाइन्छन् । यो कुनामा पारिएको वनस्पति हो । यो देखावटी समाजमा सिस्नोको शब्द सुन्नसाथ दुःख र गरिबीसँग मजाक उडाइन्छ  । तर जब रोग लाग्छ अनिमात्र यसको महत्व थाहा पाइन्छ । तर, गरिबको घरमा प्रायः दैनिकीजसो नै सिस्नोको तरकारी बनाइएको हुन्छ ।
     
    सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् । यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नो धनीहरूको भान्सामा पनि पर्न थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।

    सामान्यतयाः सिस्नोलाई पखालेर उम्लेको पानीमा राखेर पकाइन्छ । जसले गर्दा यसमा भएको रौँ जस्तो झुस जान्छ । यसमा नुन, खुर्सानी र मकैको च्याख्ला राखेर पकाइन्छ । अहिले सुपर मार्केटमा समेत सिस्नोको पाउडर पाइन्छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । यही भएरपनि आजकल रोगीहरु र रोग नलागोस भन्नेहरुको बजारमा सिस्नो किन्न र बनेको परिकार खान तँछाड मछाड नै हुन्छ ।

    आजकल देश वा विदेशमा बटरमा प्याज, लसुन, गाँजर, फुराएर ‘भेज स्टक’ र आलु राखेर सिस्नु पकाइन्छ । नुन मरिच र क्रीम हालेर सुपको रूपमा प्रयोग गर्ने चलन छ । सिस्नुको चिया पनि निकै स्वास्थ्यबर्द्धक मानिन्छ । यसलाई ग्रीन टीकै तरिकाले बनाइन्छ र सेवन गरिन्छ । झोल बनाएर भातसँग खाँदा अनेक रोगहरुले आक्रमण गर्न नसक्ने विज्ञको दावी छ ।

    सिस्नो अचुक औषधि
    •     सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ ।
    •     सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ ।
    •     सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ ।
    •     यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
    •     प्रोस्टेड, ग्ल्याण्ड र बाथको समस्या भएका मानिसलाई उपयोगी ।
    •     शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
    •     पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ ।
    •     शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि ले फाइदा पुर्याउँछ ।
    •     शरीर दुख्ने समस्यामा पनि सिस्नो सेवनले फाइदा पुर्याउँछ, दीर्घ जीवनको लागि उपयोगी हुन्छ ।
    चिकित्सकको सहयोगमा

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology