Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

बतासले नारायणहिटी दरबारभित्र बनाएको संरचना भत्काइयो

बतासले नारायणहिटी दरबारभित्र बनाएको संरचना भत्काइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • २०:२६:३१ बजे
  • 2.2K
    SHARES
  • बतासले नारायणहिटी दरबारभित्र बनाएको संरचना भत्काइयो

    नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ ।

    images

    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप शुक्रबार (आज) भत्काएको हो ।

    स्रोतका अनुसार समितिले बाहिरबाट मजदुर बोलाएर सो संरचना भत्काएको समिति जनाएको हो ।

    शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचनाबाहेकका संरचना भत्काएर सकिएको हो ।

    बताससँग कफी सप राख्ने विषयमा भएको सम्झौताबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको थियो ।

    समितिले ३ दिनभित्र प्रतिवेदन दिने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बतासले नारायणहिटी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology