Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टिभी सेलिब्रिटीले पाद बोतलमा भरेर कमाइन् ६० लाख रुपैयाँ

टिभी सेलिब्रिटीले पाद बोतलमा भरेर कमाइन् ६० लाख रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • २०:३१:२५ बजे
  • 1.2K
    SHARES
  • टिभी सेलिब्रिटीले पाद बोतलमा भरेर कमाइन् ६० लाख रुपैयाँ

    तपाईंले कयौँ अनलाईन व्यवसाय बारे सुन्नु भएको होला । तर तपार्इंले पादको व्यवसायबारे सायदै सुन्नुभएको होला । तर यो कुरा साँचो हो । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् । स्टेफनी म्याटोले एक भिडियोको माध्यमबाट यो कुराको खुुलासा गरेकी हुन् । उनले आफ्नो फार्ट (पाद) लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । उनको यो भिडियो इन्टरनेटमा व्यापक भाइरल भइरहेको छ ।

    images

    स्टेफनी म्याटो अमेरिकी रियालिटी शो ‘९० डे फियान्से’ बाट चर्चामा  आएकी थिइन् । उनले आफ्नो खानपानमा राम्रो ध्यान राख्ने बताउँदै आएकी छिन् । उनी नास्तामा सिमी, प्रोटिन मफिन, प्रोटिन शेक, उसिनेको अण्डा र दही खान्छिन् । जब यसबाट ग्यास बन्न थाल्छ त्यसपछि उनी यसलाई सिसाको बोतलमा भर्छिन् ।

    आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गरेर उनले पाद बेच्ने पुरा प्रक्रिया बुझाएकी छिन् ।  स्टेफनीले आफ्नो पाद एक जारमा बन्द गरेर त्यसमा गुलाबको केही पातहरु मिसाएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् ।

    12.JPG

    आफ्नो पाद किन्नका लागि दैनिक सयौँ अर्डर आउने अभिनेत्रीले दाबी गरेकी छिन् । उनलाई पाद बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीका अनुसार थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नुहाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।

    मीडिया रिपोर्टका अनुसार स्टेफनी टाउको दुख्ने र ह्दयघातको लक्षण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । थुप्रै रगत परीक्षणपछि डाक्टरले उनको मुटु दुख्नुको कारण भटमास र अण्डा  भएको बताए । स्टेफनी लगातार यसको सेवन गर्थिन् । डाक्टरले उनलाई आफ्नो खान्की फेर्ने सल्लाह दिए र उनको ग्यास बन्द गर्ने औषधी दिए ।

  • सम्बन्धित विषय:

  • # पाद बोतलमा भरेर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology