एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दुई वर्षभित्रै संसार कोरोना भाइरसबाट मुक्त हुने विश्वास व्यक्त गरेको
छ । महामारीको रुपमा फैलिएको कोरोनाबाट
आउँदो दुई वर्षभित्र मुक्ति मिल्ने डब्ल्युएचओको विश्वास छ ।
डब्ल्युएचओका प्रमुख डा.टेड्रोस अधानमले सन् १९१८ को स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको महामारी छिट्टै नियन्त्रण गर्न सकिने बताए । नियमित पत्रकार सम्मेलनमा उनले ग्लोबलाइजेसनका कारण संक्रमण ह्वात्तै फैलिएको जानकारी दिए । अहिलेसम्मका प्रयास, प्रविधि र विकासले स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको संक्रमण छिट्टै नियन्त्रणमा लिन सकिने डा. अधानमले बताए ।
स्पेनिस फ्लु सन् १९१८को फेब्रुअरीदेखि सन् १९२० को अप्रिलसम्म फैलिएको थियो । स्पेनिस फ्लुका कारण संसारभर कम्तिमा २ करोड मानिसले ज्यान गुमाएका थिए ।