Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन पर्यटनमन्त्रीको निर्देशन

विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन पर्यटनमन्त्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १२:१८:३७ बजे
  • 442
    SHARES
  • विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन पर्यटनमन्त्रीको निर्देशन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् ।

    images

    भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्ने निर्देशन दिएका हुन् ।

    “ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।” सो निर्देशनपछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए ।

    “विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा सार्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ, हामी चाँडै सार्छौँ ।”

    यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्नसमेत भनिएको छ ।

    विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology