Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा

विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १३:०३:४३ बजे
  • 922
    SHARES
  • विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा

    विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा गरेको छ।
    ‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था बिरोधि, संविधान विरोधी, परिवर्तनविरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुस्प्रयासप्रति विवेकशील साझा अन्तर्रष्ट्रिय समिति घोर भ्रर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।

    images

    जारी विज्ञप्ति

    ‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था बिरोधि, संविधान विरोधी, परिवर्तनविरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुस्प्रयासप्रति विवेकशील साझा अन्तर्रष्ट्रिय समिति घोर भ्रर्त्सना गर्दछ।

    असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबीच एकिकरण भई बनेको विवेकशील साझा पार्टी मार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ्ग टुल’को रुपमा पार्टीलाई दुरुपयोग गरेकोमा गम्भीर विमति र आपत्ति व्यक्त गर्दछौँ। साथै, यहि विज्ञप्ति मार्फत विवेकशील साझाको अन्तर्रास्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसंग सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछौँ।

    तथापी, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु।

    पुनश्चः पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न सचेत गराउँदछौँ।

    पार्टीका सद्भाव समूहहरु तथा अन्तर्राष्ट्रिय समिति भंग भएपनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरुको हकहितका लागि प्रवासमा रहेका वैकल्पिक राजनीतिका शुभेच्छुकहरु संगठित हुने नै हुँदा यस निर्णयबाट न आत्तिन र पुनः वैकल्पिक राजनीतिको मूल-बाटोमा संगठित हुन हार्दिक अपिल गर्दछु।

    आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्ने?’

    अभियानलाई तिव्रता दिनेछौँ र प्रवासी नेपाली समुदायसँग सधैँ उभिनेछौँ।

    सुरेश भट्ट संयोजक

    विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समिति

    २४ पौष २०७८

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology