Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने

कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १३:०६:०१ बजे
  • 706
    SHARES
  • कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ ।

    images

    राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको विषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।

    केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैलीबारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिँड्ने धारणाको साथ अघि बढ्ने भएका छन् ।

    हेटौंडामा आयोजित भेलामा पार्टीको विचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टीविरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् ।

    उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ । पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ ।

    पार्टीलाई एकताबद्ध गरेर विचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए ।

    यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश‘ख’का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology