Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रियसभा निर्वाचनमा प्रदेशमा समन्वय गर्न गठबन्धनले खटायो ३५ नेता

राष्ट्रियसभा निर्वाचनमा प्रदेशमा समन्वय गर्न गठबन्धनले खटायो ३५ नेता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७८ शनिवार • १३:०७:५२ बजे
  • 634
    SHARES
  • राष्ट्रियसभा निर्वाचनमा प्रदेशमा समन्वय गर्न गठबन्धनले खटायो ३५ नेता

    सत्तारुढ गठबन्धनले प्रदेशमा समन्वय गर्न पाँच दलका ३५ जना नेतालाई खटाएको छ ।

    images

    गत बिहीबार सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि सातवटै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार गठबन्धनले तत्कालका लागि राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राखेर समन्वय गर्न पाँचै दलका नेतालाई खटाएको हो । सातवटै प्रदेशमा पाँचै दलका एक–एक नेतालाई समन्वयको जिम्मेवारी दिइएको छ ।

    प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का घनेन्द्र बस्नेत, नेकपा (माओवादी केन्द्र)का राम कार्की, जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई, नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका हरिकान्त पौडेललाई खटाइएको छ ।

    यस्तै, प्रदेश नम्बर २ मा एकीकृत समाजवादीका रामचन्द्र यादव, माओवादी केन्द्रका गणेश साह, जसपाका मृगेन्द्रसिंह यादव, कांग्रेसका रमेश रिजाल र जनमोर्चाका धर्मानन्द सुवेदीलाई समन्वयको जिम्मेवारी दिइएको छ । बागमती प्रदेशमा एकीकृत समाजवादीका केदार न्यौपाने, माओवादी केन्द्रका हितमान शाक्य, जसपाका गंगानारायण श्रेष्ठ, कांग्रेसका प्रकाशशरण महत र जनमोर्चाका लालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

    यसैगरी, गण्डकी प्रदेशमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल, एकीकृत समाजवादीका केशवलाल श्रेष्ठ, जसपाका हरिशरण आचार्य, माओवादी केन्द्रका हितराज पाण्डे र जनमोर्चाका शंकर बराललाई खटाइएको छ । लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका भागवत विश्वास, जसपालका सहसराम यादव, माओवादी केन्द्रका चक्रपाणि खनाल, कांग्रेसका बालकृष्ण खाँण र जनमोर्चाका सुरेश थापा खटिएका छन् ।

    यस्तै, कर्णाली प्रदेशमा कांग्रेसका जीवनबहादुर शाही, एकीकृत समाजवादीका प्रकाश ज्वाला, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका भक्तबहादुर शाह र जनमोर्चाका जनकराज शर्मालाई जिम्मेवारी दिइएको छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेसका दिलेन्द्र बडू, माओवादी केन्द्रका खगराज भट्ट, एकीकृत समाजवादीका विक्रम शाही, जनमोर्चाका नन्दराज भट्ट र जसपाका मालावति चौधरीलाई खटाइएको छ ।

    सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिएको छ भने नेकपा (एमाले)ले १९ वटै सिटमा एक्लै उम्मेदवार बनाएको छ । राष्ट्रियसभाका रिक्त हुन लागेको १९ सिटमा माध १२ मा निर्वाचन हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology